Subscribe Us

दामनको होटलमा ८ भारतीय पर्यटक बेहोस भेटिए

काठमाडौं । थाहा नगरपालिका-४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका छन् ।


अचेत अवस्थामा भेटिएपछि उनीहरूलाई उपचारका लागी हेलिकोप्टरबाट काठमाडौंको   हेम्स अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरलले जनाएको छ ।


प्रहरीका अनुसार, उनीहरू  ग्यास हिटर बालेर सुतेका थिए । यसकै कारण उनीहरू बेहोस भएको हुनसक्ने आशंका प्रहरीको छ । यद्यपि, यसको पुष्टि हुन बाँकी छ ।

नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।

Post a Comment

0 Comments