Subscribe Us

धादिङमा ट्रकभित्र चालक मृत भेटिए

धादिङ।  काठमाडौबाट रुपन्देही जादै गरेको ना ६ ख ७००३ नम्बरको मालवाहक ट्रकका चालक सालझण्डी ६बस्ने ३० वर्षिय सुर्य प्रसाद डङ्गोरीया थारु धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बान्छेटारमा ट्रकभित्र  मृत अवस्थामा भेटिएका छन्।


मृतक थारुको शव, गजुरी सामुदायिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए।

मृतक थारुले गत राति नजिकैको पसलमा मदिरा सेवन गरेका थिए। आइतबार बेलुकी आफ्नै ट्रकमा सुतेका थारु सोमबार बिहान मृत अवस्थामा भेटिएका हुन्। ट्रकका सह-चालक कपिलवस्तुका सिमोन थारुलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय गजुरीकामा राखिएको र घटनाको थप अनुसन्धान भईरहेको  इलाका प्रहरी कार्यालय गजुरीले बताएको छ

Post a Comment

0 Comments