Subscribe Us

अग्‍नि सापकोटा सभामुखमा निर्विरोध, औपचारिक घोषणा माघ १२ मा

काठमाडौं ।  सत्तारुढ नेकपाका नेता अग्‍नि सापकोटा सभामुखमा निर्विरोध चयन भएका छन्। मंगलबार उम्मेदवारीका लागि  निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्‍का भएको हो।

तर, यसको औपचारिक घोषणा भने माघ १२ गते हुनेछ। १२ गते बस्‍ने प्रतिनिधिसभाको बैठकमा अरु कसैको उम्मेदवारी नपरेकोले सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ। त्यसपछि उनले सभाको अध्यक्षता गर्ने छन्।

संसद् सचिवालयले मंगलबार ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दिने कार्यक्रम सार्वजनिक गरेको थियो।

Post a Comment

0 Comments