Subscribe Us

नवोदितमा भव्यताका साथ सरस्वती पुजा सम्पन्न


काठमाडौँ, १६ माघ । काठमाडौँ महानगरपालिका–२६ कपुरधारामा रहेको नवोदित विद्या कुञ्ज उच्च माध्यामिक विद्यालयले सरस्वती पुजा भव्यताका साथ सम्पन्न गरेको छ ।

माघ शुल्क पञ्चमी अर्थात श्रीपञ्चमीको अवसर पारेर आज कलेज प्राङ्गणमा सरस्वती पुजा भव्यताका साथ सम्पन्न गरेको हो । पण्डितद्धारा विद्याकी देवी सरस्वतीको विधि पूर्वक पुजा, आरधना तथा मन्त्र पाठ गरेर भव्यताका साथ सरस्वती पुजा गरिएको नवोदितका प्राचार्य राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

सोही अवसरमा शिक्षक, अभिभावक तथा विद्यार्थीको ठूलो उपस्थिती रहेको थियो । सरस्वती पुजाको दिनमा नवोदित स्कुलमा अक्षराम्भ गर्ने विद्यार्थीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

Post a Comment

0 Comments