Subscribe Us

भक्तपुरबाट ९ जना जुवाडे पक्राउ


भक्तपुर । सूर्यबिनायक नगरपालिका-८ बस्ने नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ५ जनालाई नगद ४६ हजार ७ सय ३० रुपैयाँ र ६ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।


यसैगरी, भक्तपुर नगरपालिका-४ सुकुलढोका बस्ने शैलेन्द्र कुमार हालेयो जोशीको टिपिकल नेवारी खाजाबाट जुवातास खेलिरहेको अवस्थामा जोशी लगायत ४ जनालाई नगद ४२ हजार ८ सय २५ रुपैयाँ र ५ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

Post a Comment

0 Comments