Subscribe Us

एक किलो सुन सहित भारतीय नागरीक पक्राउ

काठमाडौं । एक किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार फ्लाइ दुबईको उडानमार्फत काठमाडौँ आएका भारतीय नागरिकको साथबाट एक किलो सुन बरामद भएको हो ।
चेकजाँचका क्रममा उनले सुन लुकाएर ल्याएको फेला परेपछि नियन्त्रणमा लिइएको विमानस्थल प्रहरी प्रमुख रामकृपाल साहले जानकारी दिए ।

Post a Comment

0 Comments