Subscribe Us

सल्बलाउँदै ठमेलका गुण्डा डिएसपीमाथि नै आक्रमणको तयारी


काठमाण्डौँ । पछिल्लो समय लुकिछिपी बसेका कुख्यात गुण्डा नाईके देखिटोले गुण्डासम्म सल्बलाउन थालेका हुन् ।

महानगरीय अपराध महाशाखाले यस्ता गुण्डा नाईके र तिनका सदस्यलाई सुक्ष्म रुपम निगरानी राखेको छ ।
महाशाखाले केही गुण्डा सदस्यलाई पक्राउ गर्नेक्रम तिव्र पारेको छ । यस्ता एक दर्जन भन्दा बढी टोले गुण्डा देखि बिभिन्न अपराधमा मुछिएका, जेल बसेर छुटेका एक दर्जन बढीलाई महाशाखाले पुनः नियन्त्रणमा लिएको छ ।
उनीहरूले तत्कालको आपराधिक गतिबिधीलाई नियन्त्रण गर्न महाशाखाले यस्तो कदम चालेको हो ।

दुई महिनाको अवधिमा महाशाखा र काठमाडौं परिसरले गुण्डागर्दीमा संलग्न नयाँ र पुरानो अनुहार गरी दुई दर्जन बढीलाई पक्राउ गरिसकेको छ ।

पुरानो गुण्डाहरूमा रमेश बाहुन नामले कुख्यात सुजन पौडेलको दाँया हात मानेनी दुर्गा राई देखि प्रहरी ईन्काउन्टरमा मारिएका दिनेश अधिकारी (चरी) समूहका गुण्डा पक्राउ परेका छन् ।

पछिल्लो समय चरीको बिँडो उनका सहोदर दाजु ध्रुब अधिकारीले समालेको गोप्य सूचना महाशाखामा पुगेको थियो ।

ठमेलको ज्याठा चोकमा भिआपी लाउन्ज बार सञ्चालन गर्दै आएका धु्रब पछिल्लो समय आफ्नो बलियो गुट बनाउन लागि परेको स्रोत बताउँछ ।

गत साता ध्रुब समूहका दुई गुण्डा महाशाखाको फन्दामा परेपछि अनुसन्धानको क्रममा गुटको रहस्य खुलासा भएको हो ।

महाशाखाले गत साता बाग्लुङ ढोरपाटन स्थाई घर भई ग्रिनल्याण्ड बस्ने देबेन्द्रबहादुर घर्तिमगर र धादिङ घर भई नयाँ बजार बस्ने सुजन पौडेललाई पक्राउ गरेपछि ध्रुब गुटको खुलासा भएको हो ।

आफ्नो भाई चरीको प्रहरी ईन्काउन्टरमा मारिएपछि ध्रुबले त्यसको बदला लिन गुटको जन्म गर्न लागेको स्रोत बताउँछ । पक्राउ परेका घर्तिमगर र पौडेल दुबै जना ४ बर्ष जेल बसेर निस्केका कैदी हुन् ।

गोली प्रहारी गरी एक जनाको हत्या प्रयास र अर्का एक जनालाई खुकुरी प्रहार गरेको अभियोग उनिहरूमाथि लागेको थियो । महाशाखाको रेकर्डमा यी दुई चरी समूहका थिए । अर्का जेलमा रहेका कुख्यात गुण्डा समिरमानसिंह बस्नेतको योजनामा र हाल निलम्बन रहेका डिएसपी कुमोद ढुंगेलले चरीको हत्या गरेको र त्यसको बदला लिन धु्रबले आफ्नो बलियो सठगन निमार्ण गरेको स्रोत बताउँछ ।

उता सिक्कीममा रहका काभ्रेका दावा लामामाथि पनि समिरको आदेशमा नयाँ बस्तीमा गोली प्रहार भएको थियो । अहिले दावा र धु्रब भित्री रुपमा एक भै बस्नेत र डिएसपी ढुंगेलमाथि आक्रमणको तयारी गरेको स्रोत बताउँछ । यसको लागि दावा र धु्रबको मिटिङ अर्का चर्चीत डन मिलन गुरुङ उर्फ चक्रे मिलनले गराएको स्रोत बताउँछ।
तर निलम्बीत डिएसपी ढुंगेल हाल फरार छन भने बस्नेत सेन्टर जेलमा छन् ।

Post a Comment

0 Comments