Subscribe Us

साउनामा निस्सासिएर पूर्वमन्त्रीका स्वकीय सचिवको मृत्यु

काठमाडौं । जीम सेन्टरमा साउना ९तातो पानीको वाफ लिने कोठा० मा निसास्सिएर पूर्व मन्त्री तथा नेकपा नेतृ थममाया थापाका स्वकीय सचिव दम्पत्तिको मृत्यु भएको छ ।
गएराती ललितपुरको सातदोवाटोस्थित फिट एण्ड फाइन जिम सेन्टरमा जीम गरेर स्टीम वाथ का लागि कोठामा छिरेका हस्तकुमार गर्वुजामगर र उनकी श्रीमती नेत्र कुमारी पुनको निधन भएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।

गर्वुजामगर थममाया थापामन्त्री हुदा स्वकीय सचिव थिए । उनीहरु सो जीम सेन्टरमा नियमित जाने गरेको बताइएको छ ।
जीम सकेर तातोपानीको वाफ लिन कोठामा छिरेका उनीहरुको अक्सिजन अभावका कारण अस्पताल नपुर्याउँदै मृत्यु भएको हो ।

Post a Comment

0 Comments