Subscribe Us

धोविखोला किनारमा शिशुको शव

काठमाडौं । चाबहिलको धोविखोला किनारमा नवजात शिशुको शव भेटिएको छ । आन्दाजी ६/७ महिनाको शिशुको शव खोला किनारमा भेटिएको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार शिशुको शव सालनालसहित कपडाले बेरेको अवस्थामा भेटिएको हो ।

‘कानूनी प्रक्रिया पूरा गरेर अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Post a Comment

0 Comments