Subscribe Us

भारतद्दारा नेपाललाई ३० एम्बुलेन्स र ६ बस सहयोग

काठमाडौँ ।  भारतीय दूतावासले  आफ्नो ७१ औं गणतन्त्र दिवसका अवसरमा नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ । नेपालस्थित भारतीय दूतावासले विभिन्न अस्पताल तथा गैरनाफामूलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो ।



दूतावासले विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा बससमेत सहयोग गरेको छ। भारतीय दूतावसमा भएको एक कार्यक्रमकाबीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरेको छ।



दूतावासका अनुसार १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको हो। कार्यवाहक राजदूत अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक समेत प्रदान गरे। कार्यवाहक राजदूतले गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपतिले दिएको शुभकामना सन्देश पढेर सुनाए।


Post a Comment

0 Comments