Subscribe Us

एआइजी डा. आशा सिंह विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं। नेपाल प्रहरीको प्राविधिक तर्फबाट अतिरिक्त प्रहरी महानिरिक्षक (एआइजी)
मा सिफरिस डा। आशा सिंह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

जनियर डिआइजीलाई एआइजी बनाएको भन्दै संगठन भित्र केही दिन अघि देखि विरोध भइरहेको थियो । सिंहले अन्तर्राष्ट्रिय चिन्हको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा उजुरी परेको हो ।


‘कुनै पनि राष्ट्र सेवकले सार्वजनिक पदमा बसेर कानुनले दिएको अधिकार र कर्तव्य मात्रै पालना गर्नुपर्छ । आफूले गरेको भनि तथा नपाएको पद वा चिन्हलाई पाएको भनि पदिय दुरुपयोग गर्नु गम्भिर फौजदारी कसुर हो । निज डा। सिंहले विगत ३ वर्षदेखि युएनमा सेवा गरे बापत पाउने सम्मान स्वरुपको पदक र राष्ट्र प्रमुखले प्रदान गर्ने गोरखा दक्षिण बहुको पदकको रिवन प्रहरी पोशाकमा धारण गरी आएको र उक्त कुरा आम सञ्चार माध्यममा आउ पश्चात मिति २०७६।०९।०१९ गतेबाट उक्त पदकका रिवनहरु धारणा गर्न छाडेको विभिन्न संचार माध्यममा समाचार प्रकाशित हुन आएकाले यो उजुरी लिएर आएको छु,’ उजुरीमा भनिएको छ ।

सिंहलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न समेत उजुरीमा माग गरिएको छ ।

Post a Comment

0 Comments