Subscribe Us

राष्ट्रियसभा सदस्य बने नारायणकाजी श्रेष्ठ

कास्की । नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । आज भएको मतदानमा श्रेष्ठ ३ हजार ४ सय ६२ मतभार ल्याएर बिजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मतभार पाए । श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

त्यस्तै गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकै भगवती न्यौपाने विजयी भएकी छन् । उनले नेपाली कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् ।
त्यस्तै महिलामा गण्डकी प्रदेशबाट नेकपाकी भगवती न्यौपाने विजयी भएकी छन् । उनी नेकपामा महिलातर्फबाट उम्मेदवार थिइन् । न्यौपानेले तीन हजार तीन सय ६६ मतभार ल्याइन् भने नेपाली कांग्रेसकी उम्मेदवार दुई हजार तीन सय ४० मत आएको छ। उनीहरूबीच मतान्तर एक हजार २६ छ ।
नेता श्रेष्ठ २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ मा बाबुराम भट्टराईसँग पराजित भएका थिए । त्यसैगरी भगबती न्यौपाने तनहुँमा नगरपालिकाको प्रमुखमा पराजित भएकी थिइन् ।

Post a Comment

0 Comments