Subscribe Us

२ नम्बर गेटबाट निस्कँदा एआईजी पद

काठमाडौं । डा. दिव्या सिंह शाहको सिफारिस परेपछि प्रधानमन्त्री ओलीले सिधै डिआईजी सिंहलाई अस्पतालको प्रमुखमा नियुक्त गर्न गृहसचिवलाई निर्देशन दिएका थिए ।

 प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार प्रवेश गर्ने दुई चार वटा गेट छन् । त्यसमध्ये निक्कै नजिक मानिएका मानिसलाई २ नम्बर गेटबाट छिर्ने निस्कने सुविधा छ । त्यो गेटबाट छिरेका जति प्रधानमन्त्री ओलीको भान्सासम्म पुग्ने ल्याकत राख्छ ।

त्यतिमात्र होइन, प्रधानमन्त्रीसँग छायाँ जस्तै बन्नेको शक्ति झन् धेरै रहेको प्रहरी अस्पतालको प्रमुख नियुक्तिमा गरिएको बेइमानीले प्रस्ट बनाउँछ । अहिले प्रधानमन्त्रीको सबैभन्दा नजिक मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह छिन् ।

प्रधानमन्त्री ओलीको मिर्गौला रोगको उपचारमा उनको सक्रियता जति बढेको छ, प्रधानमन्त्री सचिवालयको भन्दा पनि बलियो ताकत राज्यका हरेक निकायमा राख्न सक्छिन् ।

उनले सोही भिटोको प्रयोग प्रहरी अस्पतालको प्रमुखमा डिआईजीबाट एआईजी बनाइएकी आशा सिंहको बढुवामा देखाइन् । कारण हो, दिव्या र आशाको दोस्ती । अस्पतालको निमित्त प्रमुखको जिम्मा पाएका डिआईजी मिनराज पाठकलाई उत्तानो पारेर झूठको पुलिन्दामा उभिएकी डिआईजी सिंहले प्रमुख पद हत्याउनका निम्ति दिव्याकै बर्कोबाट काम गरेको बताइएको छ ।

दिव्याले उनलाई प्रधानमन्त्री सरकारी निवासमा २ नम्बर गेटबाट छिराईन् । त्यसको भोलीपल्टै गृह मन्त्रालयले अस्पताल प्रमुखमा उनलाई नियुक्त गरेको जानकारी गरायो ।

गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले १४ पुसमा यस्तो निर्णय गर्नुअघि आशाले निक्कै पापड बेलेको बताइएको छ ।

डीएसपीदेखि डीआईजीसम्म बढुवाको वरीयताक्रममा १ नम्बरमा रहेका पाठकको सट्टा दोस्रो नम्बरकी सिंहलाई एआईजीमा सिफारिस गरिनुको मुख्य कारण नै डा. शाहको लविङ भएको बालुवाटारतिर हल्ला चलेको छ ।

Post a Comment

0 Comments