Subscribe Us

चितुवाको छालासहित दाङबाट २ जना पक्राउ

दाङ । घोराही उपमहानगरपालिकाबाट चितुवाको छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरमा दंगिसरण गाएपालि-१ वस्ने २४ वर्षीय चेतबहादुर पुन र सोही स्थानमा वस्ने २४ वर्षीय सौगात घर्ति रहेका छन् ।

सोमबार विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले निजहरूलाई पछ्याउदै जाने क्रममा जिल्ला दाङ घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कबाट नियन्त्रणमा लिएको हो ।
उनिहरुको झोला भित्र प्लाष्टिकको बोरामा लुकाई राखेको टाउको (बंगरा) देखी पुच्छर सम्मको पुरै भाग भएको चितुवाको छाला सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Post a Comment

0 Comments