Subscribe Us

क्यासिनोका फँटाई ; रोयल र माजोङमा कसरी छिरे नेपाली ?


काठमाडौं । नेपालीलाई जुवा खेलाएमा क्यासिनो सञ्चालकलाई ४ करोड रुपैयाँसम्म जरिवानाका साथै ईजाजत समेत खारेज हुने कानुनी व्यवस्था छ । सरकारले क्यासिनोमा नेपाली प्रवेशलाई कडाई गर्न यस्तो कानुनको व्यवस्था गरेको थियो ।

नेपाली जुवाडेको क्यासिनो प्रवेश रोक्न सरकारकाले कडा प्रावधानसहितको क्यासिनो व्यबस्थापन नियमावली जारी गरेको दुई बर्ष भयो । आर्थिक अध्यादेशमा क्यासिनोले तिर्नुपर्ने रोयल्टी चालु आर्थिक बर्षदेखि दोब्बर पारेर ४ करोड रुपैयाँ पु¥याइएको पनि छ ।

तर केही प्रहरी र दलालको सेटिङमा पछिल्लो समय राजधानीका अधिकांश क्यासिनोमा नेपाली जुवाडेको भिड लाग्न थालेको छ । नेपालको कानुन दैवले जानुन भन्ने पारामा सीमा र बाध्यता नाघेर पैसाको लोभमा क्यासिनो सञ्चालकले नेपाली छिराउने गरेका हुन् ।
स्रोतका अनुसार याक एण्ड यति होटलमा रहेको क्यासिनो रोयल र सोल्टी होटलमा रहेको क्यासिनो माजोङमा नेपालीको भिड लाग्न थालेको छ ।

६ महिना यता यी दुई क्यासिनोमा नेपालीका भिड लाग्न थालेको हो । क्यासिनो रोयल अनिश शर्मा भन्ने गोर्कण लामिछाने र माजोङ क्यासिनो बिनोद श्रेष्ठले सञ्चालन गर्दै आएका छन् । केही समय अगाडि नेपाली प्रवेशको बिषयलाई लिएर माजोङका श्रेष्ठ कानुनको फन्दामा परिसकेका छन् ।

नक्कली भारतीय परिचय पत्र बनाएर श्रेष्ठ र शर्माले नेपाली जुवाडेलाई जुवा खेलाउँदै आएका छन् । यी सब कुराको सुराक पाए पनि प्रहरी भने मुखदर्शक भएको छ । क्यासिनो छिर्दा प्रहरी बिबादमा आउने भन्दै प्रहरी क्यासिनोमा छापा मार्न पछि सदै आएको छ ।

Post a Comment

0 Comments