Subscribe Us

कोरोनाभाइरस सङ्क्रमणका कारण 'विश्वव्यापी स्वास्थ्य सङ्कटकाल' घोषणा

विश्वस्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी स्वास्थ्य सङ्कट निम्त्याएको घोषणा गरेको छ।
दुई सय जनाभन्दा बढीको ज्यान लिइसकेको सो सङ्क्रमणलाई विश्वव्यापी सङ्कट घोषणा गर्नुपर्नाको मुख्य कारण चीनबाहिर त्यसको सम्भाव्य फैलावट रहेको बताइएको छ।
कोरोनाभाइरसको प्रकोप
वुहानमा पहिला पुष्टि भएका ४२५ सङ्क्रमणमा आधारित
  • ५९ वर्षसङ्क्रमित व्यक्तिको औसत उमेर
  • ८९%सङ्क्रमण भएको कम्तीमा पाँच दिनसम्म अस्पताल भर्ना भएनन्
  • ५६%सङ्क्रमित व्यक्ति पुरुष
  • ५५%नयाँ वर्षअघि भएका सङ्क्रमणको समुद्री खाद्यपदार्थसँग सम्बन्ध
स्रोत: The New England Journal of Medicine
चिनियाँ अधिकारीहरूले उक्त सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको बताउँदै गर्दा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोरोनाभाइरसका कारण विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो। अहिलेसम्म कम्तीमा २१३ जनाको मृत्युको भएको पुष्टि भइसकेको छ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त घोषणा गर्नुका पछाडि मुख्य कारण चीनबाहिर यसको अवस्थालाई लिएर भएको बताएका छन्।
हाल उक्त सङ्क्रमण चीनबाहिर पनि फैलिसकेको छ। चीनबाहेक अन्यत्र नेपालसहित १८ देशमा ९८ जनामा सङ्क्रमण भएको पाइएको छ।
तर चीनबाहिर यसका कारण कसैको ज्यान गएको छैन।

बीबीसी 

Post a Comment

0 Comments