Subscribe Us

गृहसचिव राईले दिए राजीनामा

काठमाडौं । आगामी साता अनिवार्य अवकाश पाउन लागेका गृहसचिव प्रेमकुमार राईले राजीनामा दिएका छन् ।
माघ २२ गतेदेखि अनिवार्य अवकाश पाउन लागेका राईले माघ २० गतेदेखि लागू हुने गरी राजीनामा दिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनले मुख्यसचिव लोकदर्शन रेग्मी समक्ष राजीनामा पेश गरेका हुन् । २०४९ साल अगाडि निजामती सेवामा प्रवेश गरेका कर्मचारीले राजीनामा दिँदा पेन्सन बढ्ने भएकाले राईले २ दिन अगावै राजीनामा गरेका छन् ।

Post a Comment

0 Comments