Subscribe Us

ठगी तथा बैंकिङ कसुर मुद्धामा एन्फा कास्कीका अध्यक्ष गुरुङ पक्राउ

कास्की । सांसद दीपक मनाङेले झापड हानेका मिलन गुरूङलाई पनि प्रहरीले पक्राउ गरेको छ। ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि गुरूङलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
गुरूङविरूद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेको थियो।
जाहेरी परेपछि मिलनलाई बिहीबारै प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
ठगी र बैंकिङ कसुरमा विभिन्न व्यक्तिले जाहेरी दिएका छन् त्यसैको अनुसन्धान सिलसिलामा उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।

Post a Comment

0 Comments