Subscribe Us

नेपाल एयरलाइन्सका २ दर्जन पाइलटको सामुहिक राजिनामा

काठमाण्डौँ । नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले ९०  दिनको  समयसीमा दिंदै व्यवस्थापन समक्ष राजिनामा बुझाएका छन्।


विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजिनामा बुझाएका हुन्। स्थायी
उडानदलका सदस्यहरुले तीन महिनापछि लागू हुनेगरी राजिनामा बुझाएका हुन्।




पाइलटहरुका अनुसार विदेशीले महिनामा ४६ घण्टामात्र जहाज उडाउछन् भने हप्तामा २ दिन छुट्टी पाउछन्। विदेशी पाईलटहरुले तलब  १५ लाख पाउनुका साथै कर पनि व्यवस्थापनले तिरिदिएको छ।

तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घण्टा जहाहज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन्। त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन्।

पछिल्लो समय जानकारी नै नदिइ वर्षको अन्तिमतिर शुन्य तलब दिएको र यो वर्षो सुरुदेखि नै एड्भान्सको नाममा १ लाख रुपैयाँ काट्दै आएको क्याप्ट्न श्रवण रिजालले जानकारी दिए।

उनकाअनुसार तलबमा पनि विदेशी र नेपालीबीच गहिरो खाडल रहेको छ। विदेशीले चोखो १५ लाख तलब बुझ्छन् भने नेपालीले ५ लाख तलब पाउँदै आएका छन्।

Post a Comment

0 Comments