Subscribe Us

सानेपामा भेला भए पौडेल-सिटौला पक्षका ४० बढी जिल्ला सभापति

काठमाण्डौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका जिल्ला सभापतिहरूको भेला  सुरू भएको छ।


सभापति शेरबहादुर देउवासँग देखिएको पछिल्लो विवादबारे छलफल गर्न वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिको भेला आह्वान गरेका हुन्। भेलामा ४० बढी जिल्लाका सभापतिहरूको सहभागी छ।



देउवाले गत पुस ११ गते बहुमतका अधारमा १४ औं महाधिवेशन कार्यतालिका ल्याएको, विधान मिचेर विभाग थपेको भन्दै पौडेल र सिटौला रूष्ट छन्। पूर्वमहामन्त्री सिटौला भने भेलामा आएका छैनन् तर उनी पक्षीय केन्द्रीय सदस्यहरू भने उपस्थित छन्।

मंसिर २६ देखि पौडेल केन्द्रीय समिति बैठकमा पनि गएका छैनन्।

सभापति देउवाले केन्द्रीय समितिबाट एकलौटी रूपमा गरेको निर्णय सच्याउन पौडेल, महामन्त्री शशांक कोइराला र छुट्टै गुट चलाइरहेका सिटौलाले माग गर्दै आएका छन्।

सभापति देउवालाई निर्णय सच्याउन दबाब दिन सोमबार जिल्ला सभापति भेला राखिएको हो।


भेलामा पौडेल समूहका केन्द्रीय सदस्य सहभागी छन्। सभापति देउवा समूहका जिल्ला सभापति भने भेलामा सहभागी भएका छैनन्।

Post a Comment

0 Comments