Subscribe Us

किन मुद्दा सार्दैछन् डन बस्नेत ?


काठमाडौं । कर्तव्य ज्यान, अपहरण तथा फिरौती ज्यान मार्ने, उद्योग जस्ता जघन्य अपराधको मुद्दा खेपिरहेका कुख्यात गुण्डा नाईके समिरमान बस्नेत आफू अनुकुल अदालत चलाउने खेलमा रहेको बताइएको छ ।

कानुन बमोजिम प्रतिवादीले तिन पटक भन्दा बढी मुद्दाको पेशी सार्न पाउँदैन तर बस्नेतले कानुनको कमजोरीको फाईदाका साथै चलखेल गरेर पटक–पटक मुद्दाको पेशी सादै आएका छन् ।

स्रोतका अनुसार उनले मुद्दाका एक दर्जन प्रतिवादीको कानुन व्यवसायीलाई प्रयोग गरेर पटक–पटक मुद्दा सार्दै आएका हुन् । हाल मुद्दा पुर्पक्षका लागि थुनामा रहेका बस्नेत बिगत १८ महिना देखि कारागारमा छन् । अन्य प्रतिवादीलाई मुद्दा जिम्मा लगाएर बस्नेत उम्कने प्रयासमा छन् ।

न्यायाधिशले उनको पक्षमा मुद्दा फैसाला नर्गर्ने सुईँको पाएपछिे पेशी सार्दै आएका हुन् । कारागारमै बसेर बिभिन्न हर्कत गरेपछि बस्नेतलाई सेन्टर जेलको गोलघरमा हाल्ने देखि मुस्ताङसम्म सरुवा गरिएको थियो ।

कारागारमै बसेर बस्नेतले निमार्ण व्यवसायीबाट असुली गर्न थालेपछि उनको दैनिकीमा समेत थप निगरानी बढाईएको थियो। कारागारमै बसेर गुण्डागर्दी सञ्चालन गर्दै आएका बस्नेत मुद्दाको पेशी सार्दै आफू अनुकूल भएपछि फैसाला गराउने रणनीतिमा लागेका छन् ।

आफ्ना म्यादीलाई मुद्दाको जिम्मा लिन लगाएर बस्नेत जेलमुक्त हुने योजनमा छन् । उनलाई निर्माण व्यावसायी शरद गौचन हत्याको मुख्य योजनाकारको रुपमा लिईएको छ । पछिल्लो समय बस्नेतले हाइप्रोफाइल हत्याको योजना बनाएको खुलासा भएपछि उनलाई गोलघरमा हालिएको हो ।

उनको सो योजना सफल भएको भए गृहमन्त्री रामबहादुर थापा बादल र आईजीपी सर्वेन्द्र खनाललाई सरकारले असक्षमतको कारण देखाउँदै पदबाट हटाउन समेत सक्थ्यो । तर बस्नेतको योजना तत्कालिन अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहको बिषेश टोलीले असफल पारिदिएको थियो ।

 जब झापाबाट बस्नेतका तिन सुटर महाशाखाले नियन्त्रणमा लियो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २३ असोज २०७४ मा बानेश्वरको शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या भएको घटनामा बस्नेत मुख्य योजनाकार रहेको सरकारी वकिलले अदालतमा पेस गरेको मिसिलमा उल्लेख छ ।

हाई प्रोफाईल हत्याको योजना पनि बस्नेतले कारागारभित्रैबाट योजना बनाएको खुलासा तत्कालिन समयमा महाशाखाले गरेको थियो । बस्नेतको योजना मुताबिक व्यापारीलाई छानी छानी तारोमा पार्ने र त्यसमा गृहमन्त्रीका भाई नरेश थापालाई समेत प्रयोग गरिएको भेटिएको थियो ।

 नरेशमार्फत् गृहमन्त्री बादललाई दबाबमा पार्ने र आईजीपी खनालसमेतलाई फसाएर कुर्सीबाट हटाउर योजना अन्तत असफल भएको थियो ।

यसअघि समिरमानसिंह बस्नेत निकट केही प्रहरी अधिकृतहरुको गम्भीर षड्यन्त्रको प्रमाण समेतको फाईल गृहमन्त्रीदेखि प्रधानमन्त्रीको टेबुलमा पुगेको थियो ।

Post a Comment

0 Comments