Subscribe Us

नेपाली चिनियाँ गाइडलाई चिनियाँ प्रशिक्षकबाट फोटोग्राफी तालिम


काठमाडौँ, २६ पुस । चिनियाँ पर्यटकलाई आकर्षित गर्न नेपाली ट्राभल संञ्चालकहरुले आफ्ना कर्मचारीहरूलाई चिनियाँ पर्यटकहरूको रोजाई र छनोटका बारेमा समेत प्रशिक्षित गर्न सुरु गरेका छन्।

यस क्रममा नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सक्रिय नेपाल विग माउन्टेन ट्राभल कंम्पनि ठमेलले आफ्ना कर्मचारी र चिनियाँ गाइडहरूलाई चिनियाँ पर्यटकहरूले कस्तो खाले फोटोग्राफी मन पराउँदछन् भन्ने विषयमा चिनियाँ प्रशिक्षक छगंस्याबाट तिन दिने फोटोग्राफी सम्बन्धी तालिम सञ्चालन गर्‍यो । तालिममा २५ जनाको सहभागिता थियो।

तालिममा समापनका अवसरमा कम्पनीका प्रबन्ध निर्देशक सुदर्शन नेपालले नेपाल भ्रमण वर्ष २०२०लाई समेत सहयोग पुयोस भनेर यस प्रकारको तालिमको आयोजना गरिएको बताउनु भयो। चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेपछि चिनियाँहरूमा नेपाल प्रतिको चासो बढेको आफूले पाएको उहाँले बताउनु भयो। आगामी मार्च ९ तारेखमा ५ सय जना चिनियाँ पर्यटकको सहभागिता होली मनाउने कार्यक्रम रहेको उहाँले बताउनु भयो । नेपाल भ्रमण गर्नेमा चिनियाँ नागरिकहरू दोस्रो स्थानमा रहेका छन्।

Post a Comment

0 Comments