Subscribe Us

हिरासतको शौचालयमा आत्महत्याको प्रयास गर्ने अभियुक्तको मृत्यु

काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका अभियुक्त हेम राउतको मृत्यु  भएको छ । राउत लागूऔषध मुद्दामा हिरासतमा रहेका  थिए ।

प्रहरी रेकर्डमा राउत तीन पटक धरौटीमा छुटेको देखिने काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनी बानेश्वर, शंखमूललगायतका क्षेत्रमा चोरी गरेर पटकपटक पक्राउ परेका व्यक्ति हुन् ।


बानेश्वरका प्रहरी परिसरको अनुसार राउतले आइतबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए ।

उनले आत्महत्या गरेको देख्ने वित्तिकै तत्काल उद्दार गरेर सिभिल अस्पताल पुर्याइएको बानेश्वर प्रहरी परिसरले जनाएको छ । उनलाई सिभिलबाट भेनस अस्पताल रिफर गरेता पनि उनि बाच्न भने सकेनन् ।

गएराति राउतको मृत्यु भएको चिकित्सकले घोषणा गरेको रेग्मीले बताए । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको छ ।

Post a Comment

0 Comments