Subscribe Us

धनगढीबाट वडाध्यक्षसहित १६ जुवाडे पक्राउ

कैलाली ।  धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट गएराति १६ जना जुवाडेलाई २२ लाख ८२ हजार नगदसहित प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० का नेपाली कांग्रेस
बाट विजयी वडाध्यक्ष गुड्डु भनिने रविन्द्र शाहीसमेत रहेका छन्।

विषेश सुचनाका आधारमा राति करिब १० बजे मिलन चोकका तिलक अधिकारीको घरमा छापामारी प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्ष  दक्ष कुमार बस्नेतले जानकारी दिएका छन्।

Post a Comment

0 Comments