Subscribe Us

रुपन्देहीबाट लागूऔषधसहित दुई जना पक्राउ

रुपन्देही । रुपन्देही जिल्ला प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा  तिलोत्तमा नगरपालिका वडा नं- २ बस्ने बिष्णु गाहा मगर र भैरहवाको मेउडीहवा बस्ने रेनु बनिया रहेका छन् ।

सिद्धार्थनगर नगरपालिका-१ स्थित तनहूँ होटलको कोठा नम्बर १३६ बाट दुबै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले  जनाएको छ ।


उनीहरुको साथबाट प्रहरीले १ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर, १ एम्पुल डाइजेपाम, १ एम्पुल फेनरागन, १ एम्पुल नुफिन लगायतका लागूऔषधका साथै बिभिन्न कम्पनीका ९ थान मोबाइल समेत बरामद गरेको हो ।

Post a Comment

0 Comments