Subscribe Us

हस्ताक्षर भइसकेको चेकमा अक्षर थप गरेर २० लाख रकम ठगी गर्ने पक्राउ

काठमाडौं । किर्ते गरी रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यरत कार्यालय सचिव भोजपुर खडानन्द गाउँपालिका-११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक शाखा कार्यालय कुलेश्वरबाट २०७६ पुस ९ गते जारी भएको चेकमा ६७ हजार ९ सय १६ रुपैयाँलाई घिमिरेले अंक र अक्षर दुवैमा किर्तेगरी २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाई उक्त रकम निकाली ठगी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई बल्खुबाट पक्राउ गरेको हो ।

साथै प्रहरीले उनको कोठा खानतलासी गर्दा लुकाईछिपाई राखेको नगद १८ लाख रुपैयाँ समेत फेला पारी बरामद गरेको छ ।

Post a Comment

0 Comments