Subscribe Us

प्रहरी र भारतीय आपराधिक समूहबीच रौतहटमा गोली हानाहान

रौतहट । प्रहरी र भारतीय आपराधिक समूहबीच   रौतहटको इशनाथ नगरपालिका १ बन्जराटोल नजिकैको बकैयानदी किनारमा मंगलबार राती साढे १२ बजे  भएको हो ।

गोली लागेर एकजना भारतीय नागरिक घाइते भएका छन्।  भारतको मोतिहारी जिल्ला बारफरीद ग्राम पन्चायत ६ का २१ वर्षीय चाँदअली घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

अपराधिक समूहले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफीफायर गर्दा एकजना घाइते भएको बताइएको हो।

चाँद अलीको खुट्टामा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र एउटा गोलीको खोका बरामद गरेको छ ।रौतहट तथा भारतका विभिन्न स्थानमा अपराधिक गतिविधि गर्दै आएका चादअलीलाई पक्राउ गरिएको र अन्य दुईजना भारत तर्फ भागेको रौतहटका एसपी रजिराज खड्काले जानकारी दिए।

Post a Comment

0 Comments