Subscribe Us

न्यूयोर्कका पुलिस कमिसनर र जिपी फाउण्डेशन अमेरिकाका अध्यक्ष घिमिरेबीच भेटवार्ता


काठमाडौँ, १८ माघ । अमेरिकाको न्यूयोर्क शहरका पुलिस कमिसनर डरमट शेय र गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेबीच भेटवार्ता भएको छ ।

कमिसनर शेय र अध्यक्ष घिमिरेबीच आज विहान अमेरिकाको न्यूयोर्क शहरमा आज भएको भेटवार्तामा न्यूयोर्क शहरलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।

चालिस मिनेट चलेको भेटघाटमा न्यूयोर्कको सुरक्षाबारे जिपि फाउण्डेशनले न्युयोर्कमा वृहद कार्यक्रम गर्ने बारेमा छलफल भएको फाउण्डेशन अमेरिकाका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

Post a Comment

0 Comments