Subscribe Us

कारको टायरमा गोली हानी ३२ किलो गाँजा सहित तीन जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिकाबाट ३२ किलो गाँजा तस्करीमा संलग्न भएको आरोपमा एक महिला र दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा  भारत मुजफ्फरपुरका अजयमल सवारी चालक, सञ्जीव पासवान र जाहेरा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाृ छ  ।



गाडीमा महिलालाई बिरामी बनाएर र एकजना बिरामी कुरुवा बनेर उनीहरुले गाँजाको तस्कर गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो ।

बुधबार बिहान १ बजे हेटौंडा–११, थानाभर्‍याङमा प्रहरीले गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरेर तीनजनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरी देखेपछि भाग्दै गरेका उनीहरु सवार कारको टायरमा गोली प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुरुमा प्रहरीले उनीहरुमाथि प्रहरीले हवाई फायर गरेको थियो ।

उक्त कारमाथि शङ्का लागेपछि प्रहरीले सुरुमा मकवानपुरको मनहरीमा नियन्त्रणमा लिन खोजेको थियो । तिव्र गतिमा रहेको कारण प्रहरीले नियन्त्रणमा लिन सकेन ।


यस्तै लेवटमा पनि प्रहरीले उक्त कारलाई नियन्त्रणमा लिन खोज्यो, तर सकेन् । त्यहाँबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुर अगाडि पुगेको सो कारलाई चेकजाँच गर्न खोज्दा पनि रोकेन् ।

लागूऔषध लिएर आइरहेको तीन ठाउँमा प्रहरीले नियन्त्रणमा लिन नसकेपछि वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले थानाभर्‍याङमा नियन्त्रणमा लिन खोज्दा भागेको थियो ।

प्रहरीलाई देखेपछि भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका उनीहरुको साथबाट ३२ किलो गाँजा बरामद भएको छ ।

Post a Comment

0 Comments