Subscribe Us

मकवानपुरबाट सालकको खपटा सहित ३ जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट २ किलो १ सय ९० ग्राम सालकको खपटा सहित ३ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने ३० वर्षीय गौरब गौतम, ३० वर्षीय कृष्ण बहादुर गोले र सोही उपमहानगरपालिका-११ बस्ने ४८ वर्षीय सूर्य लामा रहेका छन् ।



बरामद गरिएको सालकको खपटा सोही स्थानस्थित खसी बजारमा सालकको खपटा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त सालकको खपटा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

Post a Comment

0 Comments