Subscribe Us

रुपन्देहीमा तीन ट्रक आपसमा ठोक्किए, तीनको मृत्यु



तस्बिर सौजन्य : गजेन्द्र लोनियाको फेसबुकबाट
रुपन्देही । रोहिणी गाउँपालिका-४ सुहिलीहवामा  मंगलबार बिहान आठ बजे तीन ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।




दुर्घटनामा ना २ ख ८१८४ नम्बरको ट्रक चालक र त्यही काम गर्ने दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका रुपन्देहीले जनाएको छ ।



ना२ख८१८४ नम्बरको ट्रक र ना५ख७८५६ नम्बरको ट्रक आपसमा जुधेपछि विपरीत दिशाबाट आएको ना५ख७८५६ नम्बरमा ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो।

मृतकहरू सुनसरी चताराका अन्दाजी ३०/३५ वर्षका पूर्ण बहादुर भुजेल, नवलपरासी कालीनन्दन गाँउपालिका बस्ने मविकन कुर्मी र लालु कुर्मी रहेका छन्।



साथै नौ जना घाइते भएको र त्यसमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ।

चार जना सुवास कुर्मी, विनोद धवल,दुधाई हरिजन र मोहन राईको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।






तस्बिर सौजन्य : गजेन्द्र लोनियाको फेसबुकबाट
त्यस्तै अन्य पाँच घाइते भिम अस्पतालमा तनहुँ आबुखैरेनीका वीरेन्द्र गुरुङ, नवलपरासी कालीनन्दन गाउँपालिकाका अक्लेस यादव, मनिस धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजन रहेका छन्।

Post a Comment

0 Comments