Subscribe Us

अष्ट्रेलियामा हजारौं उँट मारिँदै छन्

एजेन्सी । दक्षिण अष्ट्रेलियामा गर्मी बढेसँगै हजारौं उँटलाई हेलिकप्टरबाट गोली हानेर मारिने भएको छ।

ठूलो संख्याको उँट पानीको खोजीमा शहर आउन थालेपछि घरमा नोक्सानी पुगेको भन्दै त्यहाँका आदिवासीले उजुरी दिएका थिए। ‘उँटहरु पानीको खोजीमा बाटोमा हिँडिरहन्छन्, बालबच्चाको सुरक्षाका निम्ति चिन्तित छौँ’ एक स्थानीय मरिता बेकरले बिबिसीलाई बताइन्।


साथै केही छाडा घोडाहरु समेत मारिने जनाइएको छ। उँटलाई मार्न अष्ट्रेलियाको जल तथा वातावरण विभागले निशानेवाज बोलाउने बिबिसीले जनाएको छ। उँट र घोडालाई अनंगु पिट्जन्तजतजारा यानकुनिटजत्जारा ९एपीवाई०भन्ने ठाउँमा मारिनेछ।

उँट त्यहाँको स्थानीय जनावर होइन, १९औं ‍शताब्दीमा बेलायतीले भारत, अफगानिस्तान र मिडल इस्टबाट ल्याएका थिए। गत केही महिनायता गर्मी र सुख्खायामका कारण अष्ट्रेलियाको जंगलमा डढेलो लागेको थियो, जसकारण पचास करोड पशुपंक्षी मरेको अनुमान छ।

Post a Comment

0 Comments