Subscribe Us

सिन्धुपाल्चोकको ६ किलोमा फेरि सवारी दुर्घटना

 काठमाण्डौँ। सिन्धुपाल्चोकको ६ किलोमा बा २ च ६९६५ नंम्बरको जिप दुर्घटना हुदा सात यात्रु घाईते भएका छन् ।

गत मंसिर २९ गते १६ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको केही दिनपछि नै फेरि  जीप दुर्घटनामा परेको हो ।




  जीप सुनकोशी गाउँपालिका–७ स्थित ६ किलो भन्ने स्थानमा सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । जिप काठमाडौंको सीतापाइलाबाट दोलखाको कालिञ्चोकतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।

प्रहरी कार्यालय बाह्रबीका अनुसार घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेको छ ।


Post a Comment

0 Comments