Subscribe Us

धादिङ खुकुरी प्रकरणका मुख्य योजनाकार गुण्डा नाइके तामाङ पक्राउ

धादिङ । खनियाँवास गाउँपालिका वडा नम्बर ४ दार्खामा गतराति भएको खुकुरी आक्रमणको मुख्य अभियुक्त असोक तामाङ पक्राउ परेका छन् ।
स्थानीय गुण्डा नाइके भनेर चिनिने अशोक तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ । गतराती करिब ११ बजे दार्खाकी स्थानीय तानमाया तामाङको घरमा छिरेर दुई जनामाथि खुकुरी प्रहार भएको थियो ।

स्थानीयहरुले अशोकको निर्देशनमा खुकुरी प्रहार भएको सुचना दिएपछि अशोकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Post a Comment

0 Comments