Subscribe Us

परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने इरानको घोषणा

एजेन्सी । इरानले सन् २०१५ मा भएको एउटा अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्धलाई नमान्ने बताएको छ।

अमेरिकी हवाई आक्रमणमा एकजना इरानी सैन्य जेनेरल मारिएपछि इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला इरानको यो भनाइ सार्वजनिक भएको हो।


एउटा वक्तव्यमार्फत् इरानले अब उसले उक्त परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवर्द्धनको सीमालाई नमान्ने जनाएको छ।

सन् २०१५ मा भएको त्यस सम्झौतामा इरानको युरेनियम प्रवर्द्धन कार्यक्रमलाई सीमित गर्ने मुद्दालाई मुख्य बनाइएको थियो।

तेहरानका अनुसार अब उसले सम्झौता अनुसार युरेनियमको भण्डारण र प्रवर्द्धनका लागि तोकिएको मात्राको उपेक्षा गर्नेछ।उक्त घोषणा तेहरानमा भएको मन्त्रिपरिषद् बैठकपश्चात् गरिएको हो।

गत शुक्रवार अमेरिकी हवाई हमलामा इराकको राजधानी बग्दादमा इरानका एकजना निकै शक्तिशाली सैन्य जेनेरल कासीम सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव बढेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष उक्त परमाणु सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए। त्यसपछि उनले इरानमाथि थप प्रतिबन्धहरू लगाएका थिए।

Post a Comment

0 Comments