Subscribe Us

सोनाम ल्होसारको आफ्नै विशेषता छ : सांसद आचार्य


रसुवा ११ माघ । नेपाली कांग्रेसका नेता एंव प्रतिनिधि सभा सांसद मोहन आचार्यले नेपाल बहुजाती, बहुभाषी, बहुसांस्कृतिक विशेषता भएको मुलुक भएको बताउनुभएको छ ।

तामाङ जातिको नयाँ बर्ष सोनाम ल्होसारको अवसरमा नौकुण्ड गाँऊ पालिका रसुवा व्दारा शनिवार आयोजित कार्यक्रम लाई संम्बोधन गर्दै सांसद आचार्यले विशेषत बागमती प्रदेशका उत्तरी क्षेत्र रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, दोलखालगायतका जिल्लामा धुमधामसँग मनाउने सोनाम लोसारको आफ्नै विशेषता रहेको बताउनु भयो। संमृघ्द रसुवा निर्माणमा आफु कृयाशील रहेको र त्यसको परिणाम क्रमश देखिदै गएको बताउनु भयो ।

हाम्रा सांस्कृतिक पर्वहरूले हामीलाई एक आपसमा भाईचाराको भावना अभिवृद्धि गर्न सधाई रहेको सांसद आचार्यले बताउनु भयो। कार्यक्रममा तामाङ खाना, भेषभूषा, कला, संस्कृतिलगायतको प्रदर्शन गरिएको थियो ।

मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुने मान्यता छ ।

बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरी मनाउने प्रचलन छ ।

पश्चिमी  मुलुकहरुले बाह्रौं महिनाको अन्तिम साँझलाई बिदा गर्दै नयाँ सालको पहिलो दिनलाई स्वागत गरे जस्तै लोसार चाड पुरानो साललाई विदा गर्दै नयाँ साललाई स्वागत गर्ने एक पर्व हो ।

लोसारमा धर्मगुरु र गुम्वाहरुको दर्शन गर्ने, मान्यजनहरुबाट आर्शिवाद ग्रहण गर्ने, परिवारमा आफु भन्दा सानालाई आर्शिवाद दिने, नयाँ लुगा लगाउने, मिठो मिठो खाने परिकारहरु  खाने र शुभकामना आदन प्रदान गर्ने गरिन्छ ।

तामाङहरुलाई प्रकृतिप्रेमी समूदायकारुपमा समेत चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् ।

सो अवरमा नौकुण्ड गाउँ पालिकाका अध्यक्ष नुर्बु साङ्बो घलेले नौकुण्ड गाँउ पालिकामा ९० प्रतिशत तामाङहरूको बसोबास रहेको बताउनु भयो ।

Post a Comment

0 Comments