Subscribe Us

रङ्गशालासम्म एकसय टिपर वालुवा निःशुल्क ढुवानी गर्ने


काठमाडौँ, २९ पुस । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि १०० टिपर बालुवा निःशुल्क ढुवानी गर्ने भएको छ ।

समितिले धुर्मुस–सुन्तली फाउण्डेशनले जनस्तरबाट सङ्कलित रकमबाट चितवनमा बनाउन लागेको रङ्गशालालाई धादिङको गल्छी गाउँपालिकाले उपलब्ध गराएको १०० टिपर वालुवा निःशुल्क ढुवानी गर्न लागेको हो ।
निःशुल्क ढुवानीका लागि फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र समितिबीच आज समितिको कार्यलयमा छलफल समेत भएको छ ।

समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणका लागि टिपर तथा ट्रक व्यवसायीले थोरै भएपनि सहयोग गर्न १०० टिपर बालुवा ढुवानी गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

Post a Comment

0 Comments