Subscribe Us

शितल निवासअगाडि प्रदर्शन गर्ने १२ मानवअधिकारवादी पक्राउ

काठमाडौं । सभामुखमा निर्वाचित भएका अग्नि सापकोटा विरूद्ध राष्ट्रपति कार्यालय शितल निवासअगाडि प्रदर्शन गर्न पुगेका १२ मानवअधिकारवादीहरू पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा पूर्णिमाया लामा, प्रसाईं, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलिया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण गजमेर,जेसिलिन राना प्रशान्त त्रिपाठी र राजन कुइँकेल रहेका छन्।

सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ लिएका बेला मानवअधिकारवादीहरू शितल निवासअगाडि प्रदर्शन गर्न पुगेका थिए।
आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै सापकोटाविरूद्ध मुद्दा लडिरहेकी पूर्णिमाया लामालगायत १२ पक्राउ गरिएको महानगरीय प्रहरी परिसरकाले जनाएको छ । । उनीहरूलाई निषेधित क्षेत्र तोडेकाले पक्राउ गरिएको हो । ।
अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटालाई सभामुख बनाइएको भन्दै मानव अधिकारवादीहरूले विरोध प्रदर्शन गरेका हुन्र गरेका हुन्।

Post a Comment

0 Comments