Subscribe Us

इरानी आक्रमणले अमेरिकालाई क्षति पुगेको छैनः ट्रम्प

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इराकको सैनिक अड्डामा इरानी मिसाइल हमलाले  अमेरिकी सैनिकलाई नोक्सान नपुर्‍याएको बताएका छन्।

ट्रमका अनुसार यस आक्रमणबाट कुनै अमेरिकी वा इराकी सेना मारिएका छैनन्। इरानले यी आक्रमणमा कुनै पनि अमेरिकी सैनिकलाई जानीजानी मार्न नचाहेको हो कि भन्ने बहस चलिरहेको छ।

अमेरिकी सरकारी स्रोतले रोयटर्सको समाचार एजेन्सीलाई जानकारी दिएअनुसार उनीहरु विश्वस्त छन् कि इरानले जानाजानी यस्तो आक्रमण गर्‍यो तर आक्रमणमा कुनै पनि अमेरिकी सैनिक मारिएनन्।

इरानले अमेरिकी हवाई हमलामा इरानी सैन्य कमाण्डर जेनरल कासिम सुलेमानीको मृत्युको बदला लिन इराकको अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार गरेको थियो।

Post a Comment

0 Comments