Subscribe Us

गायिका आस्था राउतविरूद्ध पक्राउ पूर्जी जारी

काठमाण्डौँ । गायिका आस्था राउतलाई अभद्र व्यवहार कसुरको जाहेरी दर्तामा पक्राउ गर्न प्रशासनले आइतबार प्रहरीलाई अनुमति दिएको छ।


गायिका राउत प्रहरीको खोजी सूचीमा रहेको  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जनाएका  छन् ।




राउतविरूद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी काठमाडौं प्रहरीमा आइतबारै जाहेरी दर्ता भएको थियो।

प्रहरी जवान रमिसा श्रेष्ठले दिएको अभद्र व्यवहार कसुर अन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको थियो।


Post a Comment

0 Comments