Subscribe Us

मकवानपुरबाट २१ किलो गाँजा सहित २ जना पक्राउ

मकवानपुर । आज राति १ बजे पूर्व पश्चिम लोकमार्गको सडकखण्ड अन्तर्गत हेटौडा उपमहानगरपालिकाबाट २१ किलो अवैध लागुऔषध गाजाँ सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा धनुषा जिल्ला मुख्यापाट्टि गाँउपालिका वडा नं छ बस्ने ४२ वर्षीय असोक कुमार यादव र मकवानपुर जिल्ला मनोहरी गाँउपालिका वठा नं ९ बस्ने ४० वर्षीय राज कुमार मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार विशेष सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहत ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नावय निरिक्षक राजेश कुमार यादवको कमाण्डमा खटिएको चेकिङ टोलीले मनहरीतर्फबाट हेटौडा तर्फ जाँदै गरेको बिआर जेरो छ बि जी९५१२ नंबरको भारतीय नम्बरको कारलाई चेकजाँच गर्दा कारको पछाडीको सिटमुनी डिकिमा लुकाई छिपाई ल्याएको ५ वटा पोकाहरूमा २१ किलो लागू औषध गाँजा फेला पारी नियन्त्रणमा लिएको हो ।

Post a Comment

0 Comments