Subscribe Us

मनाङ र मच्छिन्द्रका खेलाडीबीच मैदानमै हानाहान


तस्विर ;सेतोपाटी
काठमाण्डौँ ।सहिद स्मारक ए डिभिजन लिगको रोमाञ्चक भिडन्तमा  रहेका मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबका खेलाडीबीच मैदानमै घम्साघम्सी भएको छ।



सोमबारभएको खेल २-२ गोलको बराबरीमा सकिएलगत्तै खेलाडीबीच भिडन्त  भएको थियो।

रेफ्रीले अन्तिम सिठ्ठी फुकेलगत्तै मनाङका जगजित श्रेष्ठ र मच्छिन्द्रको दीपक राईबीच भनाभन भएको हो।

त्यसपछि बेञ्चमा रहेका मनाङका रञ्जन विष्ठ र मच्छिन्द्रका विजय धिमाल पनि मैदान छिरेर झगडामा संलग्न भएका हुन्। रेफ्रीले झगडामा संलग्न मनाङका रञ्जनलाई रातो कार्ड दिएका थिए।


त्यसपछि दुवै टिमका खेलाडीबीच घम्साघम्सी झन् बढ्यो।

घम्साघम्सीमा टिमका अफियलहरू समेत थिए। त्यसपछि मैदानमा खटिएका सुरक्षाकर्मीले झगडा छुट्याएका थिए।


Post a Comment

0 Comments