
बुधबार दिउसो अन्दाजी १२ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले १२ लाख भारतीय रकम सहित भारत हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवा
बस्ने ३२ वर्षीय सुभाष चन्दलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घण्टाघर स्थितमा भारततर्फ जाने विभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा रक्सौलबाट आउदै गरेको बा।६ च।७४४० नं।को सान्त्रो कार रिजर्वमा लिई सवार रहेको चन्दको शरीर चेकजाँच गर्ने क्रममा निजको साथबाट प्रतिबन्धित भारतीय रुपैया १२ लाख सहित पक्राउ गरेको हो ।
थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
0 Comments