Subscribe Us

१२ केजी गाँजासहित १ पुरुष र ४ महिलालाई पक्राउ

बारा । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा रहेको प्रहरीले
१२ केजी गाँजासहित १ पुरुष र ४ महिलालाई पक्राउ गरेको छ  ।


पक्राउ पर्नेमा महोत्तरीकी ममता कार्की, धनुषाका बिलट महतो, पर्साकी विमला विक, सोही स्थानकी पलटी माझी र रमियाँ चौधरी रहेका छन् ।


ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले ना।५ ख ६६१९ नम्बरको बस   जाँच गर्ने क्रममा झोलामा ल्याउँदै गरेको १२ केजी लागूऔषध गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय बाराले जनाएको छ ।


Post a Comment

0 Comments