Subscribe Us

महर्जनको मिटर ब्याज धन्दा


ललितपुर । घर जग्गा होस् वा सवारी साधान खरिद गर्न मात्र होईन दश लाख भन्दा माथि बैकिङ कारोबार गर्न पनि स्रोत खुलाउनु पर्ने कानुनी व्यवस्था छ । यहि कानुनी व्यवस्थाअनुसार नै प्रक्रिया पूरा गरेर कारोबार हँुदै आएको छ । कानुन सहि तरिकाले प्रयोग भएको छ छैन भनेर हेर्ने न्यायलयमा भने करोडौं रुपैंयाको अवैध कारोबार वैध तरिकाले बिसर्जन भईरहेको तथ्य फेला परेको छ ।

अवैध मिटर ब्याजमा लगानी गर्ने गिरोहले कानुनको कमजोरीको फाईदा उठाउँदा न्यायलयलाई ढाल बनाउँदै असुली केन्द्र बनाएका छन् । पछिल्लो समय मिटरब्याजीका नाईकेका रुपमा चिनिएका ललितपुरका महेशबहादुर सिंह र काभ्रेका वीरेन्द्रलाल श्रेष्ठ पछि त्यहि शैलीमा मिटर ब्याजमा पैसा लगानी गरेर घर जग्गा हड्प्ने काममा ललितपुर इमाडोलका सुरेश मर्हजनको नाम अगाडि आउँछ ।

महर्जनले सिंह र श्रेष्ठको शैलीमा मिटर ब्याजमा पैसा लगानी गरेर अदालतलाई भ्रममा पारी दर्जनौ सर्बसाधारणको घरबासे बिल्लीबाठ पार्दै आएको प्रमाण जनप्रहारसँग छ ।

एक जनालाई दिएको पैसाको महर्जनले घर परिवार सबैलाई भिन्नाभिन्नै कागज गराउने र पटक–पटक गरेर मुद्दा हाल्ने गर्दै आएका छन् । उनले जिल्ला अदालत काठमाडौं र ललितपुर मात्र २० करोड भन्दा बढीको मुद्दा दर्ता गराएका छन् ।

तर उनको योे पैसाको स्रोत भने अदालतले खोजेको छैन । गतबर्ष सर्वोच्च अदालतले मिटर ब्याजीका नाईके महेश सिंहले बिभिन्न अदालतमा हालेको ५० करोड भन्दा बढीको मुद्दाको मिशिल निकालेर सो सम्पत्तीको स्रोत मागेपछि सिंह फरार भएका थिए । अहिले उनको सो मुद्दाको बिषयमा सम्पत्ती शुद्धिकरणले अनुसन्धान गरिरहेको छ । पछिल्लो समय महर्जनको उक्त सम्पत्तीको अनुसन्धान बिभागमा भइरहेको छ ।

स्रोतका अनुसार उनले ललितपुर जिल्ला अदालतमा मात्र २० करोड भन्दा बढीको लेनदेन र बैदेशिक रोजगारीको मुद्दा दर्ता गराएका छन् । उनको यो पैसा स्रोत समेत खोजी हुन जरुरी रहेको पीडितलगायतले बताउँदै आएका छन् ।

ललितपुर महानगर–८ का पुनवीर महर्जनका छोरा पछिल्लो समय एकाएक नव धनाड्यको रुपमा देखा पर्नुको स्रोतको पनि खोजीनीति हुन आवश्यक रहेको पीडित बताउँछन् । उनले सामान्य व्यापारीलाई ब्याजमा पैसा लगानी गरेर मिटब्याजमा असुल्दै आएका छन् । उनलाई ६ महिना अगाडि एक अज्ञात समूहले ग्वार्कोमा खुकुरी प्रहार समेत गरेको थियो । केही भ्रष्ट प्रहरीको मिलोमतामो मर्हजनले मिटर ब्याजको धन्दा चलाउँदै आएका हुन् ।
उनले टेकुका व्यापारी केशव तन्डुकार, बुढानिलकण्ठका कपिल भण्डारी, ललितपुरका नारायण महर्जन, भिम सापकोटा देवेन श्रेष्ठलगायतलाई पीडित बनाएका छन् ।

Post a Comment

0 Comments