Subscribe Us

ठमेलबाट दुई किलो कोकिन सहित विदेशी नागरीक पक्राउ

काठमाडौं । ठमेल स्थित होटल बुद्धल्याण्डबाट अवैध लागुऔषध २ किलो २ सय ग्राम कोकिन सहित विदेशी नागरीक पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले विगत लामो समयदेखिको सूचना संकलन, बिश्लेषण एवं निगरानी पश्चात गत माग ८ गते वोलेभिया देशको २८ वर्षीय सोलना काफेज मिग्युललाई पक्राउ गरेको हो ।

ठमेल स्थित होटल बुद्धल्याण्ड प्रालिको ४०२ नम्बर कोठा भित्रबाट पासपोर्ट नंCE51857 बाहक मिग्युललाई शंका लागी तलासी गर्ने क्रममा निजको साथमा रहेको सुटकेशभित्र फल्सबटम बनाई लुकाई छिपाई राखेको अवस्थामा लागू औषध कोकिन २ किलो २०० ग्राम सहित पक्राउ गरिएको अगुऔषध नियन्त्रण व्युरोले जनाएको छ ।

Post a Comment

0 Comments