Subscribe Us

ओलीले फ्याँके अर्को पासा ; नेकपामा सभामुख पदको आन्तरिक लडाँई



–महरालाई जेल पठाएका प्रधानमन्त्रीले सभामुखमा पूर्वएमाले र त्यसभित्र पनि आफ्नो गुटकै नेतालाई जिम्मेवारी दिने तयारी गरेका छन् ।

–सभामुखमा नेम्वाङको नाममा सहमति हुन नसक्ने भन्दै प्रचण्डले पूर्वमाओवादी नै हुनुपर्ने अडान राखेपछि प्रधानमन्त्री ओलीले तुम्बाहाम्फेलाई राजीनामा नगर्नका लागि गोप्य सुझाव दिए 

–सभामुख पूर्वमाओवादीबाटै हुनुपर्छ भन्ने सहमति सचिवालयमा जुटाउनका लागि नेता गौतमको घरमा नेता नेपाललगायत प्रचण्डको पनि बैठक भएपछि ओलीले तुम्बाहाम्फे पासा फ्याँकेका हुन् 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र सभामुख कसलाई बनाउने भन्ने विषयको विवादले नयाँ नयाँ मोड लिन थालेको छ ।

राजनीतिक शक्तिको पासा आफूतिरै पल्टाउने दाउ र खेलमा पूर्र्वएमाले र पूर्वमाओवादीका पहिलो, दोस्रो र तेस्रो तहका नेतासम्म लागेका छन् । नयाँ सभामुखका विषयमा त दुई अध्यक्षबीच नै कुरोकानी मिल्न सकेको छैन । राजनीतिक खेल र जितको आशमा दुवैको कसरत सचिवालय, स्थायी समितिका नेतासम्मको बहसमा पुगिसकेको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नयाँ सभामुखका लागि सुवास नेम्वाङ उपयुक्त हुने, जिम्मेवारी पनि नरहेको भन्ने प्रस्ताव गरेका थिए । पूर्वसभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोग लागेपछि पदमुक्त भए । उनले राजीनामा दिएका थिए । महरा प्रचण्ड खेमाका रहेका कारण यो पद नेकपाभित्रको पूर्वमाओवादीले नै पाउनुपर्ने अडानबीच अहिले पुनः नयाँ मोडका विवादका विषय सतहमा आउन थालेका हुन् ।

यता, राष्ट्रपति विद्यादेवी भण्डारी उपसभामुखबाट राजीनामा दिए पनि डा. शिवमाया तुम्बाहम्फेलाई नै सभामुखको उम्मेदवार बनाएर जिताउनुपर्ने पक्षमा छिन् । नेकपाका महिला सांसदको माग पनि यहि नै छ । कतिपय अधिकारकर्मीले पनि तुम्बाहाम्फे नै सभामुख हुनुपर्ने अडानलाई कायम राख्दै आइरहेका छन् ।

 ओली यो विषयमा कन्भिन्स भएका कारणले उनले नयाँ पासा फ्याँकेका छन्– प्रचण्डलगायत भैंसेपाटीमा सहभागी भएका नेताहरूको सहमति र विवाद समाधान गर्ने जिम्मेवारी ओलीको यो तर्क सभामुखमा पूर्वएमाले नै ल्याउने र त्यसमा पनि आफ्ना गुटका नेता वा नेत्रीलाई जिम्मेवारी दिने मनसायसँग जोडिएको छ ।
नेम्वाङको नाममा सहमति नबनेपछि ओली तुम्बाहाम्फेलाई नै सभामुख बनाउनका लागि राजी छन् । उनलाई नैतिक संकटचाहिँ उक्त पद प्रचण्डको पोल्टामा रहेका कारणले परेको छ ।

त्यसका लागि तुम्बाहाम्फेलाई राजीनामा नगर्न र सभामुख बनाउने नेकपा सचिवालयको लिखित निर्णय चाहियो भन्न लगाएको उच्च स्रोतले जनाएको छ ।

‘जबसम्म उपसभामुखको राजीनामा आउँदैन तबसम्म उहाँलाई हटाउने दलीय ताकत हुँदैन । उहाँले राजीनामा नदिए सभामुखमा नेकपाका नेताको उम्मेदवारी संविधान त मिल्दैन, यसकारण यो पद अर्को दलले फुत्काउने मौका पनि रहन्छ’, उच्च स्रोतले भन्यो,‘निर्वाचन प्रक्रिया अगाडि बढेको खण्डमा नेकपाबाट पद गुम्ने खतरालाई हेर्दै प्रचण्डले ओलीले अगाडि सारेको नाममा नै सहमति गर्नुपर्ने अवस्था आउँछ ।’

सभामुखको उम्मेदवारको विषयमा ओलीको सहमति लिनका लागि प्रचण्ड बारम्बार औपचारिक र अनौपचारिक कुराकानीमा सक्रिय छन् । त्यतिमात्र होइन, सभामुख ओलीलाई चाहिएको हो भने प्रधानमन्त्री प्रचण्डले पाउनुपर्नेसम्मको तर्क पूर्वमाओवादी नेताले भन्न थालिसकेका छन् । नेकपा नेता हरिबोल गजुरेलले पहिलाको भागवन्डाको आधारमा नै सभामुख पद पार्टीभित्रको पूर्वमाओवादी खेमालो पाउनुपर्ने, अन्यथा प्रधानमन्त्री पद प्रचण्डलाई दिए उक्त अडान छाड्न सकिने बताइसकेका छन् ।

त्यसो त सभामुखको उम्मेदवारी नेकपाको निर्णयका आधारमा नै हुनेछ । तर त्यसका लागि उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ । उनले तत्काल राजीनामा नदिने र कुनै नेताले भनेका भरमा नै पद नछाड्ने दाबी पनि गर्दै आएकी छन् । यति मात्र होइन, उपसभामुख भएका नाताले आफू पार्टीको कुनै जिम्मेवारीमा नरहेको उल्लेख गर्दै तुम्बाहाम्फेले त निर्वाचन आयोग अथवा सदनमा नै महाअभियोगको प्रस्तावसम्म ल्याउन चुनौति दिएको विषय बाहिर आएको छ ।

Post a Comment

0 Comments