Subscribe Us

धनुषामा मोटरसाईकल दुर्घटनाः श्रीमान् र श्रीमतीको मृत्यु, छोरा घाइते

काठमाडौं । धनुषामा सवारी दुर्घटना हुँदा श्रीमान् र श्रीमतीको मृत्यु भएको छ।
दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीय प्रमिला साहको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग खण्ड अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स १ च १८५८ नम्बरको पिकअप भ्यान एक आपसमा ठोक्किँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाको गोदारमा भएको सो दुर्घटनामा दम्पत्तिको १० वर्षीय छोरा जोन कुमार साह घाइते भएका छन्। घाइते जोनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय घनुषाले जनाएको छ । उनको गोदारस्थित समर अस्पतालमा उपचार भइरहेको छ।

Post a Comment

0 Comments