Subscribe Us

कृषि विकास बैङ्क ह्याकिङ प्रकरणमा फरार एक जना पक्राउ

काठमाडौँ । कृषि विकास बैङ्कको क्रिडेन्सीयल ह्याकिङ गरी एक करोड रकम सहित फरार भएका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ्ग रङ्गेली नगरपालिका–२ बस्ने ४३ वर्षीय दीपक नेपाल रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

विशेष सुचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको थियो ।

महाशाखाका अनुसार दिपकले नाइजेरियन र भारतीय नागरिकसँगहरु मिलेर बैङ्क तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी लुट्ने योजना बनाएका र सोही योजना अनुसार विभिन्न नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैङ्क ह्याक गरी रकम निकालेका थिए ।

Post a Comment

0 Comments