Subscribe Us

आफ्नै दाईको कुटपिटबाट भाइको मृत्यु

इलाम । इलामको सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नै दाईको कुटपिटबाट मृत्यु भएको छ । 
दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका छन् । आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो ।
 दाजुले काठको पिरा प्रहारपछि घाइते हुनुभएका हर्कबहादुरलाई गाउँमै सामान्य उपचारपछि उनका छोराले घरमा लगेर सुताएका थिए । तर बिहान उनी ओछ्यानमै मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए ।
सामान्य घाइते भएपछि हिजो थप उपचारका लागि फिक्कलतर्फ ल्याउने तयारी गरी सुतेका उनले बिहान करिब ४ बजे खानेपानी मागेका थिए तर परिवारका सदस्य कोही पनि नउठे पछि उनी पुनःसुते । 
बिहान ६ बजेको समयमा उठाउन जाँदा ओछ्यानमा नै मृत फेला परेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रामबहादुर फरार छन् । शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ । रासस  

Post a Comment

0 Comments